neapl investment mega bank

सरकारले ल्यायो यी पाँच अध्यादेश

Apr 5th, 2022

आधारभूमि संवाददाता

काठमाडौं २२ चैत

सरकारले आजदेखि लागू हुने गरी विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा अध्यादेश जारी गर्नुभएको हो । ।

राष्ट्रपति कार्यालयका अनुसार आज जारी गरेका अध्यादेशमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश रहेका छन् ।