neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

Apr 5th, 2022

काठमाडौँ २२ चैत

सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ।

समितिमा गठबन्धनमा आबद्ध पाँचै दलबाट प्रतिनिधिहरू रहने छन्। समिति सदस्यहरूमा कांग्रेसको तर्फबाट गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीको तर्फबाट नेताद्वय वर्षमान पुन र देवप्रसाद गुरूङ, एकीकृत समाजवादीको तर्फबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।

बैठकमा गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायत नेता सहभागी भएर आगामी स्थानीय चुनावको रणनीति बनाएका थिए ।

साथै बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। बैठकले नेपालको अर्थतन्त्रको समस्याको समाधानका लागि राजनीतिक दल तथा अर्थविद्हरूसँग अन्तरक्रिय गर्नेबारे छलफल भएको थियो ।