काठमाडौं २२ चैत
स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार सतारुढ दल प्रयासरत छन् । यसै सम्वन्धमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार शुरु भएको बैठकमा गठबन्धन र तालमेलको मोटालिटी टुंग्याउनेबारे छलफल भैरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो।
१७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो। वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि आचारसंहिता लागू नहुँदै गठबन्धनको मोडालिटी तय गर्नुपर्ने छ ।