neapl investment mega bank
  • गृहपृष्ठ
  • स्र्टाटअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडको सहभागिता

स्र्टाटअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडको सहभागिता

Apr 3rd, 2022

चैत्र ,२० गते
लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ ।
डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो ।

आज गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा NIBL Ace Capital Ltd. ले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको NIBL Ace ले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ ।

NIBL Ace ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन(Business Plan),व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility),पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।