neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पुस्तक विमोचन सहित मोबाइल जन्य सामाजिक तथा स्वास्थ्य सम्बन्धि समस्या न्यून गर्न भक्तपुरमा पुस्तक मेला हुने

पुस्तक विमोचन सहित मोबाइल जन्य सामाजिक तथा स्वास्थ्य सम्बन्धि समस्या न्यून गर्न भक्तपुरमा पुस्तक मेला हुने

Mar 30th, 2022

-सत्य राम कासिछ्वा

भक्तपुर, १६ चैत

साधारणतया विभिन्न विधाका विद्धान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावनाहरुलाई लिपिबद्ध गरिएको पृष्ठहरुको संगठित स्वरुप वा ठेलीलाई पुस्तक भनिन्छ ।पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ भने जर्मन भाषाको ‘‘द्यइप्’’ बाट पुरानो अंग्रेजी ‘‘द्यइऋ’’ हुँदै ‘‘द्यइइप्’’ हुँदा अरबी भाषाबाट ‘‘किताब’’ मा आउँदा नेपाली बोलिचालीमा किताप सम्म भएको छ ।

नेपाली बृहत शब्दकोशमा पुस्तकको अर्थ पढ्ने,पढाउने उद्देश्यले तर्क विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको ग्रन्थ भनिएको छ ।मानिस एक गतिशील सामाजिक उत्तरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण सम्वर्दन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग गरिन्छ । जहाँ प्राचिन कालदेखि नै जनचेतनाको विकासपछि मानिसहरुले आफ्नो धर्म, दर्शन, कला र संस्कृतिलाई लेख्ने कला तथा सीपको विकास गर्दै चीरकालसम्मका लागि सुरक्षित र सम्वर्दन गर्न नरम माटो, काठका टुक्रा आदिमा लेख्ने कोर्ने गर्न थाले ।

सुमेरियनले सर्वप्रथम ई पू ३१०० देखि २३५७ सम्ममा आफ्नो इतिहास, धर्म, संस्कृति, दर्शन तथा चौपायाका चित्रहरु नरम माटोमा लेख्दै सुकाएर ग्रीक रोमन,चीन र भारतीयहरुले भोजपत्र, ताडपत्र, कछुवाको सेल, बाँसको बोक्रामा आफ्नो कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर पाटीपौवा, चैत्य गुम्बामा ज्ञान सामग्रीको रुपमा संरक्षण गर्दै जाँदा पुस्तक र पुस्तकालयको विकास भएको हो ।

पुस्तक ज्ञानको आधार हो । मानिसले प्राप्त गरेका अनुभवलाई अझ परिष्कृत बनाउन पुस्तकजन्य पाठ्य सामग्रीको गहण अध्ययन गरी अनुसन्धान र प्रयोगमा ल्याउने गर्छ । प्राचिन समयमा प्राप्त गरेको ज्ञान सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर, मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचालन एवं वितरण गरिएको हुन्छ जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रुपमा लिइन्छ ।

पुस्तकको अध्ययन संस्कृति विकास हुन नसक्दा समाजमा अनेकौं विकृति र समस्या फैलिएको छ। प्रविधिको विकासले पुस्तकको विकल्प तथा विकासको रूपमा विभिन्न किसिमका डिजिटल सामग्री जस्तै मोबाइल, आइफोन, आइप्याड जस्ता ग्याजेट्सको अत्यधिक प्रयोगले आँखाको ज्योति विस्तारै खराब हुँदै जान्छ। साथै आँखामा आँसु आइराख्ने, धमिलो देख्ने, टाउको दुख्ने, आँखा रातो हुने जस्ता समस्याहरुले सताउने गर्छ। औंलाको छाला पनि कडा बन्नसक्छ।

मोबाइल फोनको अत्याधिक प्रयोगले सबैभन्दा बढी असर निद्रामा पर्छ। रातको समयमा घण्टौंसम्म फोनमा कुरा गर्दा तथा च्याटमा व्यस्त रहँदा मानिसहरुले निद्रालाई उपेक्षा गर्छन्। कम्तिमा पनि दैनिक ६–८ घण्टा निदाउनु मानिस शरीरका लागि अत्यावश्यक हुन्छ। तर, मोबाइलले निदाउने समयको कटौती गरिदिन्छ । जसका कारण निद्रासम्बन्धी बिमारीले गाँज्न सक्छ। यसले चिडचिडाहट, डिप्रेसनजस्ता समस्याको समेत सिकार बनाउन सक्छ।

मोबाइल र ग्याजेट्सको बढ्दो प्रयोग र इन्टरनेटमा उपलब्ध विभिन्न कन्टेन्टका दुर्व्यसनीहरूले हिजोआज बालबालिका तथा विद्यालयका किशोर किशोरी लतमा फस्न सहज बनाइ दिएको छ । पढेन, भनेको मान्दैन, टेर्दैन, सुन्दैन, रिसाउँछ, झर्किन्छ भन्ने समस्या सबै मोबाइलले नै भएको हो ।

बालबालिका फकाउने र खुसी पार्ने र तिनीहरूलाई स्मार्ट बनाउने नाउँमा मोबाइल दिँदा पढाइमा ध्यान दिँदैनन् र मोबाइलको विकिरणले तिनीहरूको स्मरण शक्तिलाई ह्रास बनाई दिएको छ ।

विभिन्न सीपमुलक तालिमहरु संचालन गर्ने तथा युवाहरुलाई सुसंस्कृत र देशभक्त बनाउन देश र जनताको निस्वार्थ सेवा गर्ने उद्देश्यका साथ भक्तपुरका ११ जना स्थानीय युवाहरुको समूहको रुपमा रहेको आरम्भ नेपालले यस्ता बौद्धिक, सामाजिक तथा स्वास्थ्य सम्बन्धि समस्या बाट केही हदसम्म मुक्ति दिलाउन र साक्षर र शिक्षित बनाउने जस्तो सामाजिक दायित्व बहनको रूपमा यहीँ चैत २१ गतेदेखि २३ गतेसम्म भक्तपुरको कमल विनायक लामगाल चौरमा आयोजना हुने तीन दिने पुस्तक प्रदर्शनीमा विद्यालय कलेजका शिक्षकशिक्षिका, प्राध्यापक, लेखक, साहित्यकार बुद्धिजीवी, पत्रकार, विभिन्न पेशाकर्मी, विद्यार्थी तथा पाठकको सहभागिताको लागि हार्दिक अनुरोध छ ।

गत माघ ५ गतेदेखि ८ गतेसम्म तय भएको उक्त कार्यक्रम कोरोनाको तेस्रो लहरको उच्च जोखिममा जनस्वास्थ्य को मापदण्ड अपनाएर गर्न लाग्दा स्वस्थ शरीरले मात्रै स्वस्थ अध्ययन गर्न सकिने मान्यता राखेर केही समय स्थगित गरी हाल सामान्य अवस्था रहेकोले त्यो मेला गर्न लागेको आयोजक आरम्भ नेपालले जनाएको छ । उक्त मेलामा भक्तपुरको कार्टुनिस्टको कार्टुन संग्रह र नेपाल भाषाको कविता संग्रह पुस्तकको विमोचन समेत हुनेछ ।

नेमकिपाका केन्द्रीय अध्यक्ष नारायण मान बिजुक्छेँ९रोहित०द्वारा उत्घाटन हुने प्रदर्शनीमा रत्नपुस्तक भण्डार, परिचय बुक्स, नेपालय प्रकाशन, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, जनप्रकाशन गृह, कथालय, अनुज पब्लिकेसन, पाँचपोखरी बुक स्टोर, बुकहिल तथा अन्य थुप्रै पब्लिकेसनका स्टलहरूले प्रदर्शनीमा राष्ट्रिय पुरस्कार प्राप्त तथा ख्यातिप्राप्त लेखकहरूको पुस्तकका साथै अनुसन्धानमुलक एवं साहित्य र बालबालिकाका लागि उपयोगी पुस्तकहरू समेत विशेष छुटमा विक्री वितरण गरिनेछ । यसबाहेक शिल्पी समूहको नाटक प्रदर्शन लगायत अन्य साहित्यिक कार्यक्रम र भक्तपुर विशेष इतिहास बारे जानकारीमूलक कार्यक्रम समेत संचालन हुने भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi