काभ्रे ,१६ चैत
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको मेयरको लागि नेकपा एमालेको तर्फबाट विदुरप्रसाद सापकोटाले उमेदवारी दिने भएका छन् । उनको उमेदवारी एक नं सुचिमा रहेको एमाले कार्याकर्ताहरु बताउँछन् ।
सापकोटा २०५४ मा जैशिथोक गाविस अध्यक्षमा निर्वाचित भएसँगै निरन्तर पार्टी र जनताको सेवामा लागिरहेको मण्डनदेउपुरका जनताहरु बताउँछन् । उनी काभ्रे जिल्ला सचिवालय सदस्यसमेत रहेका एमाले मण्डनदेउपुर नगर इन्चार्ज हुन् ।
त्यसैगरि बालुवापाटी देउपुर गाविसका पूर्वअध्यक्षसमेत रहेका एमाले नेता राधाकृष्ण बस्ताकोटीलाई पनि मेयरका दाबेदारका रुपमा हेरिएको छ । साथै नगर पार्टी अध्यक्ष शेरबहादुर डोटेलको समेत मेयरमा दावेदारीको चर्चा चलेको छ ।
यस्तै एमाले नेता एवं २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं ३ बाट वडा सदस्यमा निर्वाचित रुद्रबहादुर तामाङ पनि मेयरमा उठ्ने वताइएको छ ।
एमाले मण्डनदेउपका नगर उपसचिव सुमन नेपालको समेत मेयरमा उमेदवारी पर्ने चर्चा हुन थालेको छ । उनी समृद्धिकालागि कृषि तथा सहकारीका माध्यमबाट निरन्तर लागिरहेका नेपाल पार्टी संगठन निर्माणमा खरो रुपमा उत्रिएका छन् ।