neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मौसमः तीन दिन सम्म वर्षाको संभावना, यी क्षेत्रमा चट्याङ पर्ने

मौसमः तीन दिन सम्म वर्षाको संभावना, यी क्षेत्रमा चट्याङ पर्ने

Mar 30th, 2022

आधारभूमि संवाददता

काठमाडौ १६ चैत

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 

चैत्र १६ गते (बुधबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतयाः सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। 

चैत्र १७ गते (विहिबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया: सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।

राती : प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भुभागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

चैत्र १८ गते  (शुक्रबार) 

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना सम्भावना रहेको छ । 

साथै तराई भूभागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi