neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी नगरपालिकाको मेयरको लागि एमालेबाट मात्र ७ जना आकांक्षी

गोदावरी नगरपालिकाको मेयरको लागि एमालेबाट मात्र ७ जना आकांक्षी

Mar 28th, 2022

ललितपुर,१४ चैत

गोदावरी नगरपालिकाको मेयरको लागि नेकपा एमालेबाट मात्र ७ जना आकांक्षी रहेका छन् । सो पदमा ब्रम्हानन्द श्रेष्ठ, रथुनाथ आचार्य, गम्भिर राणा, रथुनाथ महर्जन, मधुसुदन पौडेल, रमेशचन्द्र धिमिरे, चेतनाथ सञ्जेलको दावेदारी गरेका हुन् ।

यी मध्ये पहिलो आकांक्षी गम्भिर राणा २०५४ मा जि वि स सदस्य बनेका थिए भने २०७४ को निर्वाचनमा जिल्ला सभापतिको दावेदार रहेका थिए । कार्यकर्ता माझ लोकप्रियता कमाएका राणाले टिकट पाएमा सो नगरपालिकामा एमालेको सिट सुरक्षित हुने स्थानीयबासीको तर्क छ ।

त्यस्तै दास्रो आकांक्षी नेकपा एमाले सचिवालय सदस्य ब्रम्हानन्द श्रेष्ठ गोदावरी नगर कमिटि इन्चार्ज हुन् । पार्टी भित्र इमान्दार छवी बनाएकोले पार्टीले टिकट दिने विश्वास व्यक्त गर्दै उनले मेयरमा निर्वाचित भएमा नगरपालिकाको समग्र जिम्मेवारी सफलतापूर्वक सञ्चालन गर्ने दावी गरे ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi