neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थानीय चुनावको लागि तोकिए निर्वाचन अधिकृत

स्थानीय चुनावको लागि तोकिए निर्वाचन अधिकृत

Mar 27th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ १३ चैत

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि ।

आयोगले जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो ।

उनीहरुको जिम्मेवारी आगामी २९ चैतदेखि लागू हुने आयोगले जनाएको छ ।नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रम तय गरिएको छ ।

निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यलयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन समेत आयोगले निर्देशन दिएको छ ।