neapl investment mega bank
  • गृहपृष्ठ
  • मानवताको लागि सहयोग नेपालले जेष्ठ नागरिकलाई भोजन वितरण गर्यो

मानवताको लागि सहयोग नेपालले जेष्ठ नागरिकलाई भोजन वितरण गर्यो

Mar 26th, 2022

काठमाडौँ,१२ चैत
मानवताको लागि सहयोग, नेपाल (एचएचएन) ले जेष्ठ नागरिकलाई भोजन वितरण गरेको छ । एचएचएनले वार्षिकोत्सवको अवसर पारेर दिव्य सेवा निकेतनमा रहेका जेष्ठ नागरिकहरुलाई भोजन वितरण गरेको हो ।

एचएचएनका अध्यक्ष मधुसूधन ध्वज खड्काले संस्थाको वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई भोजन वितरण गरिएको जानकारी गराए ।

‘संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा दिव्य सेवा निकेतनमा रहेका आमाहरुलाई भोजन वितरण गरिएको हो ।’ उनले भने, ‘आमाहरुलाई खाना खुवाएर हामीले आर्शिवाद लियौं ।’अध्यक्ष खड्काले संस्थाको उदेश्य अनुसार समाज सेवाको कामलाई निरन्तरता दिने जानकारी समेत गराए ।

यस्तै संस्थाका सचिव सोनिप घलेले कापी कलम अभियानलाई पनि निरन्तरता दिइरहेको जानकारी गराए । आगामी शैक्षिक शत्रदेखि व्यापक रुपमा कापी कलम अभियानलाई निरन्तरता दिइने उनको भनाई छ ।‘संस्थाले हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ कापी कलम अभियान सञ्चालन गरिरहेको छ ।