neapl investment mega bank
  • गृहपृष्ठ
  • यी हुन् बुधबार चुनीएका नेविसंघ र तरुण दलका अध्यक्ष

यी हुन् बुधबार चुनीएका नेविसंघ र तरुण दलका अध्यक्ष

Mar 23rd, 2022

काठमाडौं, ९ चैत ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ नियुक्त भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार उनलाई नियुक्त गरेका हुन् ।

देउवाले रिक्त रहेको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा पर्वतका गुरुङलाई नियुक्त गरेका हुन् ।

यसैगरी देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा दुजाङ शेर्पा चयन भएका छन् । सभापति देउवाले केन्द्रीय कार्यसम्मपादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा शेर्पालाई नियुक्त गरेका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ