neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जनप्रतिनिधिका सवारी साधन छ , दमकल छैन

Mar 23rd, 2022

लमजुङ, ९ चैत /रासस

यहाँका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेँसीशहर नगरपालिकासँग मात्र दमकल छ ।

अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ । टाढा टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएका बेलामा कहिले दमकल ढिलो पुग्ने त, कहिले बेलैमा पुगेपनि दमकलबाट पानि निकाल्न समय लाग्ने गरेको पाइन्छ ।

बँेसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “ठूलो आगोलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेकोे छ । प्राय स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगेपनि भौगौलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन ।” आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मस्र्याङ्दी गाउँपालिकाका स्थानीय अजय तामाङले बताउनुभयो । अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् ।राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले भन्नुभयो, “यहाँ आगलागी भइहाले बेँसीशहरकै दमकल मगाउने गरेका छौँ ।’’

दमकलको आवश्यकता महसुस गरे पनि खरिद भने गरिनसकेको उहाँको भनाइ छ । यस क्षेत्रमा आगलागीको जोखिम कम भएको र आगोलागी भइहाले बँेसीशहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो । बेँसीशहर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै स्थानीय तहमा दमकलको जरुरी रहेपनि विषेश गरी सहरीकण भएको नगरपालिकामा बढी दमकलको आवश्यकता रहेको छ ।’’ जिल्लामा सानो आगोलागी हुँदा दमकल विनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षेती बढी हुने गरेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi