neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

उप–मेयरमा ललिता खनियाँको दाबी

Mar 23rd, 2022

ललितपुर , ९ चैत

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथली निवासी ललिता खनियाँ स्थानीय बिकास निर्माण कार्यमा नेतृत्वदायी भुमिका सहित अग्रसर हुनुहुन्छ। उहाँले महिलाहरुलाई सीप सिकाई आम्दानीको बाटोमा अगाडि बढाउँदै सक्षम बनाउने उद्येश्यले आफ्नै नेतृत्वमा २०६० सालमा ”लालीगुराँस महिला सशक्तीकरण समाज” स्थापना गर्नुभएको थियो। संस्थामा सर्वसम्मत रूपमा अध्यक्षको भुमिका निर्वाह गर्दै विभिन्न सीपमूलक तालिम मार्फत रोजगारीको लागि प्रेरित गर्दै महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आउनुभएको छ।

त्यस्तै स्थानीय ठाउँमा सामुदायिक भवनको आवस्यकता महशुस गर्दै उहाँकै अध्यक्षतामा बि.सं. २०७५ सालमा ”सामुदायिक भवन निर्माण समिती” को गठन गरि २०७८ सालमा भवन निर्माण सम्पन्न गरेर हाल संचालनमा आएको छ। सम्भवत महिलाको नेतृत्वमा सप्पन्न भएको यो भवन नगरपालिका को एकमात्र उदाहरण हुनसक्छ।

स्थानीय ठाउँमा भएको खानेपानीको अभाव लाई मध्यनजर गर्दै ”राधाकृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समिती” को स्थापना कालदेखि नै कोषाध्यक्षको रूपमा काम गर्नुभएको र हाल निर्वाचित उपाध्यक्ष को जिम्मेवारी बहन गर्दै आउनुभएको छ। ”एक घर एक धारा” को नारासहित सुरु गरिएको यो समितिले अहिले करिब १२०० घरधूरीलाई सहज रूपमा खानेपानी उपलब्ध गराउन सफल रहेको छ।
स्थानीय टोल बिकासको लागि गठन गरिएको मोतेश्वर टोल सुधार समितिको संचालक सदस्यको रूपमा काम गर्दै आउनु भएकी खनियाँ हाल सो टोल सुधार समितिको सचिब को रूपमा कार्यरत हुनुहुन्छ। त्यस्तै मोतेश्वर सहकारी संस्थामा संचालक समिति सदस्य भै सहकारीको क्षेत्रमा पनि योगदान दिदैं आउनुभएको छ।

कलिलै उमेरदेखि सामाजिक काममा सक्रिय ललिता खनियाँ नेपाली कांग्रेस पार्टीमा आबद्ध हुनुहुन्छ।पार्टीको भातृ संगठन नेपाल महिला संघको तत्कालीन गा.बि.स. इकाइ सभापति हुँदै क्रमशः क्षेत्रिय सचिबको जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्नुभएको थियो। पार्टीको १३ औं महाधिवेशन बाट जिल्ला सदस्यमा निर्वाचित खनियाँ गत मंसिरमा सम्पन्न १४औं महाधिवेशन बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित हुनुभयो।

पार्टीको संगठन निर्माण देखि सामाजिक काममा सक्रिय भुमिका निर्वाह गरिरहनुभएकी ललिता खनियाँलाई यस पटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट महालक्ष्मी नगरपालिकाको उप मेयरमा जीत हासिल गर्नसक्ने उम्मेदवारको रूपमा हेरिएको छ।
आफुले पार्टीको संगठन बिस्तार र परिचालनमा खेलेको भुमिका संगसंगै सामाजिक कार्यमा देखाएको सक्रियताले गर्दा पार्टीले उपमेयरको टिकट दिने र जनताले आफ्नो मत दिएर बिजयी गराउने कुरामा आफू बिश्वस्त रहेको जानकारी गराउनुभयो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi