neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालीका वडा न ७ मा टोल कमिटी गठन

महालक्ष्मी नगरपालीका वडा न ७ मा टोल कमिटी गठन

Mar 21st, 2022

ललितपुर ७ चैत

नेकपा एमालेको मेरो वडा म जिताउँछु अभियान अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालीका वडा न ७ मा टोल कमिटी गठन गरिएको छ ।

सो कमिटी महालक्ष्मी नगरपालिका वडा नं ७ को वडा कमिटी उपाध्यक्ष अनुराधा कोइरालाको संयोजकत्व तथा नगर कमिटी सदस्यहरु बलराम वाग्ले र डोलेन्द्र भट्टराइको अतिथ्यतामा सोमबार महिला शक्तिकरण तथा बुद्धिजिवी टोल कमिटी गठन गरिएको जनाइएको छ ।

रविता पौडेलको अध्यक्षतामा १० सदस्यीय महिला सशक्तिकरण कमिटी गठन गरिएको हो भने सुरेन्द्र कार्कीको अध्यक्षतामा १५ सदस्यीय बुद्धिजिवी टोल कमिटी गठन गरिएको हो । आगामी स्थानीय चुनावको प्रचारप्रसारको लागि टोल कमिटी गठन गरिएको वताइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi