काठमाडौं, चैत १,
विश्वको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे+ ५जीनेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ । उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे+ ५जी मा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जीे प्रोसेसर रहेको छ । साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ । आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्य देखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ ।
रियलमी ९ प्रो +५जीे दुई आकर्षक रङ्गहरुमा आउनेछ मिडनाइट ब्ल्याक र अरोरा ग्रीन सहित दुई भेरियन्टहरुमा उपलब्ध हुनेछ – 6+128GB / 8+128GB .
Sony IMX766 OIS क्यामेरा भएको ५० एमपी ट्रिपल क्यामेरा सहित आफ्नो खण्डको पहिलो
रियलमी ९ प्रोे+ ५जी मा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ, जसमा ५० एमपी प्रमुख क्यामेरा, ८ एमपी सुपर वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा रहेको छ । आफ्नो खण्डमा Sony IMX766 सेन्सर हुने यो पहिलो स्मार्टफोन हो । हाइ डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभल सहित सुन्दर तस्विरहरु खिच्न मद्दत गर्दछ । कम उज्यालो भएको अवस्थामा पनि रियलमी ९ प्रोे+ ५जी को १६ एमप फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्दछ र तस्विरमा सबै व्यक्तीहरु सुन्दर देखिनेछन् ।
आफ्नो खण्डमा दु्रत गतिको ५जी प्रोसेसर, मेडियाटेक डिमेन्सिटी ९२० ५जी प्रोसेसर
मेडियाटेक डिमेन्सिटी ९२० ५जी प्रोसेसरका साथ अत्याधुनिक TSMC 6nmप्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रोे+ ५जी विश्वकै पहिलो स्मार्टफोन मध्ये एक हो ।
सुपरडार्ट चार्जिङ सहितको ठूलो ब्याट्री
४५०० एमएएच् ब्याट्री भएको रियलमी ९ प्रोे+ ५जी स्मार्टफोनलाई ६०ध् सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५०% चार्ज गर्न सकिन्छ र १००% चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्छ ।
९० हर्ज सुपर अमोल्ड डिस्प्ले
रियलमी ९ प्रोे+५जी मा, ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमूना दरको साथ ६.४” सुपर अमोल्ड डिस्प्ले समावेश छ, जसले प्रत्येक स्वाइपको साथ सहज अनुभव दिन्छ । ९०.८% को स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिन्छ ।
ईन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर सँगै हार्ट रेट डिटेक्सन
रियलमी ९ प्रोे+ ५जीे भारतको पहिलो ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र हार्ट रेट डिटेक्सन भएको स्मार्टफोन हो । अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरुको नयाँ प्रविधिले प्रक्रियालाई अझ छिटो बनाउँछ र स्मार्टफोनको दु्रत अनलक सुनिश्चित गर्दछ । यो फोनमा भएको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरुलाई हृदय गति पत्ता लगाउने र रेकर्डिङ सेवाहरु प्रदान गर्दछ ।
उद्योग–अग्रणी लाईट सिफ्ट डिजाइन
रियलमी ९ प्रोे+ ५जीे को रियर प्यानलमा ईण्डस्ट्री –लिडिङ्ग लाईट सिफ्ट डिजाइन जडान गरिएको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडिको भाग ३ सेकेण्डमा नीलोबाट रातोमा पूर्ण रुपमा परिवर्तन हुनेछ । सूर्यको किरण नपर्दा यो २ देखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किनेछ । ८लाईट सिफ्ट डिजाइन रियलमी ९ प्रोे+ ५जीे ब्लु भेरियन्टमा मात्र राखिएको छ ।
रियलमी ग्क्ष् ३.० एण्ड्रोइड १२ मा आधारित
रियलमी ९ प्रो+ ५जीे एण्ड्रोइड १२ मा आधारित पहिलो स्मार्टफोन हुनेछ ।
डाईनामिक RAM विस्तार
रियलमीले फोनको मेमोरीको कमीलाई ध्यान दिँदै DRE प्रविधिको विकास ग¥यो, जसले RAM लाई बढाउन ROM लाई भर्चुअल RAM मा परिणत गराउँछ । रियलमी ९ प्रो+ ५जी मार्फत, अतिरिक्त ठाउँ प्राप्त गर्न स्मार्टफोनको मुख्य RAM मा 5GB सम्म डाईनामिक RAM थप्न सकिन्छ ।
रियलमीको बारेमा
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ४ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन् ।
२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार : भारतीय बजारमा ५जी लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी X50 प्रो ५जी र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष ५जी स्मार्टफोन ब्रान्ड बनेको छ ।
रियलमीले1 5 T रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ५ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ® ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।
थप जानकारीको लागि कृपया www.realme.com/np/सम्पर्क गनुहोस् ।