neapl investment mega bank

सुनको मूल्यमा भारी गिरावट

Mar 15th, 2022

काठमाडौ १ चैत

आज सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।