काठमाडौं, फागुन ३०
ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबिच ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्याँस खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरु स्मार्ट च्वाईस टेक्नोलोजीज र फोन पे संग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास विक्रेता महासंघ, नेपाल सँग समन्वय गरेको हो । सुरक्षित र भरपर्दो माध्यमकोरुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दे आएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।
बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुकबाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदानग रिरहेको छ ।