neapl investment mega bank
  • गृहपृष्ठ
  • सीएस डब्ल्यूको ६६ औं अधिवेशनमा भाग लिन मन्त्री रेग्मी अमेरिका प्रस्थान

सीएस डब्ल्यूको ६६ औं अधिवेशनमा भाग लिन मन्त्री रेग्मी अमेरिका प्रस्थान

Mar 13th, 2022

काठमाडौं, फागुन २९
महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (सीएसडब्ल्यू) को ६६ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन् ।

मन्त्री रेग्मी सँगै मन्त्रालयका सचिव, सह सचिव, महिला विज्ञ गरी छ जनाको प्रतिनिधि मण्डल अमेरिका प्रस्थान गरेका हुन् । मन्त्रिपरिषद्बाट स्वीकृत आठ जनाको भ्रमण टोली मध्ये दुई जना संयुक्त राष्ट्र संघका प्रतिनिधि अमेरिका मै रहेकाले नेपालबाट छ जनाको टोली न्यूयोर्क गएका हुन् ।

महिलाको स्थिति सम्बन्धी आयोगको ६६ औं अधिवेशन संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कस्थित महासभा हलमा १४ देखि २५ मार्च २०२२ सम्म हुनेछ । सिओले महिला अधिकारको प्रर्वधन गर्न, विश्वभरि महिलाको जीवनको वास्तविकतालाई दस्तावेजीकरण गर्न र लैंगिक समानता र महिला सशक्तीकरणमा विश्वव्यापी मापदण्डहरू तयार पार्नमा महत्ववपूर्ण भूमिका खेल्ने गर्दछ ।

मन्त्री रेग्मीले लैघिक समानता र महिला सशक्ती करणमा जलवायु परिवर्तन, वातावरणीय र प्रकोप जोखिम न्यूनीकरण नीति र कार्यक्रमहरूले पारेको प्रभावको बारेमा धारणा प्रस्तुत गर्नेछ । कार्यक्रम सकाएर मन्त्री रेग्मी सहितको टोली २१ मार्च २०२२ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीका प्रेश संयोजक राजकुमार लामाले बताए ।