neapl investment mega bank
  • गृहपृष्ठ
  • माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादी पार्टीविरुद्धको रिट पूर्ण इजालसमा

माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादी पार्टीविरुद्धको रिट पूर्ण इजालसमा

Mar 13th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २९ फागुन

सर्वोच्च अदालतले नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र उनको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्ध परेको रिट निवेदन पूर्ण इजालसमा पठाएको छ।

आइतवार भएको सुनुवाइका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासमा यसको अन्तिम टुंगोका लागि पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो। ​

एमालेले कारबाही गरे पनि सभामुखले कारबाही नगरेको र उनीहरुले त्यसैका आधारमा नेकपा एकीकृत समाजवादी गठन गरेको भन्दै केपी शर्मा ओलीका तर्फबाट रिट निवेदन दायर भएको थियो।

न्यायाधीशद्वयको इजलासमा यससम्बन्धी तीनवटै रिटको पेशी तोकिएको थियो। पूर्ण इजलास हरेक हप्ताको बिहीबार बस्दै आएको छ।

नेकपा एकालेका अध्यक्ष के पि ओलीले एमालेले कारबाही गरे पनि सभामुखले कारबाहीको सूचना नगरेको र एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गर्न सहयोग गरेको भन्दै सभामुख र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखलगायतलाई विपक्षी बनाएर गत भदौ १७ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

यसअघि न्यायाधीश दीपक कुमार कार्की र कुमार चुँडालको इजलासले निर्वाचन आयोग र संसद् सचिवालयसँग लिखित जवाफ र सक्कल कागज माग्ने आदेश दिएको थियो।