काठमाडौं, फागुन २९
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड १९ को प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्चगुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताईन । नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी माग हुने आकलन गर्दे आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रतिब्यक्ति आम्दानीमा भएको बृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा राखिन ।
सभामा अध्यक्षले आ.व.२०७६/०७७ मा कम्पनीको सबै वित्तीय सूचाकंहरु उत्साहप्रद रहेको छ । कूल बीमाशुल्क १५ दशमलव १२ प्रतिशतले बृद्धिभई नौ अर्ब २६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कोष २४ दशमलव २९ प्रतिशतले बृद्धि भई ३३ अर्ब ४६ करोड पुगेको र कूल लगानी १८ दशमलव ८४ प्रतिशतले बृद्धि भई ३१ अर्ब ८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६/०७७ मा वार्षिक औसत प्रतिफल १० दशमलव १६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी चार अर्ब तीन करोड रुपैयाँ नाघेको छ । कम्पनीको बीमाकीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन फ्युचर बोनस प्रोभिजनिङमा यथेष्ट ब्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह वोनस दर प्रदानगर्न सफल भएको छ । आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमा लेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाईन् ।
सभामा अध्यक्षले आ.व.२०७७/०७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमा शुल्क ७१ प्रतिशतले बृद्धि भई चार अर्ब नाघेको जानकारी दिईन । आउने दिनहरुमा समेत नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमककोरुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रमणी भूमीका निर्वाह गर्नेमा विश्वास प्रकट गरिन । कम्पनीले शाखा सन्जाल, अभिकर्ता ब्यवसायीकरण् ाएवं प्रविधिमा थप लगानीगर्ने योजना रहेको जानकारी गराईन ।
सभाले आ.व. २०७६/०७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि तीन करोड ३९ लाख आठ हजार आठ सय ९२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसैगरी सो साधारण सभावाट संस्थापक समूह क बर्गबाट तीन जना(श्रीमती प्रेमाराज्य लक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण ख बर्गबाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।