neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाले जनताको शिर ठाडो हुने गरी विकासका काम गरेको दावी

महालक्ष्मी नगरपालिकाले जनताको शिर ठाडो हुने गरी विकासका काम गरेको दावी

Mar 13th, 2022

आधारभूमि संवाददाता

ललितपुर फागुन २८

नेकपा एमालेको महालक्ष्मी नगरकमिटीको तेश्रो बैठक सम्पन भएको छ । बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हरिकृष्ण व्यञ्जनकारले नेकपा एमालको सरकार भएको बेला देशको लिम्पुराधुरा नेपालको नक्सामा पारेको चर्चा गर्दै नाकाबन्दी बिरुद्ध आवाज बुलन्द, सिकेलाल, विप्लव जस्ता नेतालाई शान्तीपुर्ण राजनीतिमा ल्याउन सफल भएको वताए ।

उनले के पी ओलीको सरकारले भुकम्प पीडितको घरबास निर्माण, एकै दिन ३ सय वटा अस्पताल, सुरुङ्ग मार्ग, सडक पुल, नगरपालिका गाउँपालिका तथा वडा भवन, स्वास्थ्य कार्यालय भवन, सामाजिक विकास भवन निर्माण गरेको दावी गरे । कार्यक्रममा उनले नव गठित नेकपा एमाले महालक्ष्मी नगर कमिटी पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरी सफल कार्यकालको शुभकामना दिएका थिए ।

त्यस्तै नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिका भित्र जनताले शिर ठाडो हुने गरी विकासको काम भएको बताए । नेकपा ललितपुर जिल्ला कमिटी सचिव राम राउतले नेकपा एमाले पार्टीले विकास गरेको नारा लिएर आम जनता समक्ष पुग्ने वताए ।

यसैगरी बागमति प्रदेश ललितपुर क्षेत्र नंंं. २ (क) इन्चार्ज चिरञ्जीवी आचार्यले नेकपा एमाले पार्टी सदस्य दक्ष जुझारु सदस्य भई आगामी बैशाख ३० गते हुने निर्वाचन महालक्ष्मी नगरपालिकामा मेयर उपमेयर सहित सबै वडामा विजयी गराउन आग्रह गरे । बागमती प्रदेश (क) इन्चार्ज प्रेम महर्जनले नेकपा एमाले महालक्ष्मी नगरपालिका भित्रका सबै जनप्रतिनिधिहरुलाई निर्वाचित गराउन आम नेकपा नेता कार्यकर्ताहरु सशक्त ढंगले लाग्न आग्रह गरे ।

त्यस्तै महालक्ष्मी नगरपालिका पूर्व इन्चार्ज बाबुकाजी प्रधानले महालक्ष्मी नगरपालिकामा आउदो बैशाख ३० गतेको निर्वाचनले लाल हुने विश्वास व्यक्त गरे । महालक्ष्मी नगरपालिका इन्चार्ज राजकुमार सिलवालले अन्य पार्टीबाट पार्टी प्रवेश भएका काँग्रेस, माओवादी अन्य दलबाट आएका सदस्यहरुलाई उचित सम्मानका साथै उचित जिम्मेवार पद दिनुपर्ने बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi