काठमाडौं, फागुन २७
सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग” मा सफलतापूर्वक नेपाल पे क्यु आर समायोजन गरेको छ । सजिलो इ बैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपाल पे क्यु आरबाट सजिलै क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने छन् ।
बैंकले नेपाल पे क्यु आर को क्यु आर आधारित कारोबारका लागि एनसिएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दे डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ । बंैकको देशका सातै प्रदेशमा १२४ कार्यालयर १११ वटा ए.टि.एम.संचालनमा रहेका छन् ।