आधारभूमि संवाददाता
काठमाडौँ २७ फागुन
आसन्न स्थानीय तहको निर्वाचमने लागि निर्वाचन आयोगले निर्वाचनमा भाग लिने मुख्य राजनीतिक दलहरुसँग छलफल थालेको छ ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर ३० वैशाखमा हुने निर्वाचनका सन्दर्भमा छलफल थालेको हो ।
आगामी स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ । निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउन र दलसंग राय सल्लाह लिने छलफल राखेको हो ।
छलफलमा भाग लिन आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ ।