neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सञ्चारमन्त्री कार्कीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

सञ्चारमन्त्री कार्कीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

Mar 9th, 2022

काठमाडौँ, २५ फागुन /रासस

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री कार्कीले अमेरिकाले नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणमा विगतदेखि गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गर्नुभएको थियो ।

सो अवसरमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच मैत्रीसम्बन्ध कायम भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहदै आएको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्राथमिकताका साथ विविध क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi