neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवा विकास बैंकद्वारा निःशुल्क सेनेटरी प्याड वितरण

कामना सेवा विकास बैंकद्वारा निःशुल्क सेनेटरी प्याड वितरण

Mar 9th, 2022

काठमाडौ, फागुन २५
कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदयित्व अन्तर्गत अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासी जिल्लाको सुनवल–१ स्थित सुनवल माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौरमा महिला समूहलाई लक्षित गरी बृहत कार्यक्रम आयोजन गरी प्रजनन स्वास्थ्य सम्बन्ध ीजानकारी गराउनुका साथै निःशुल्क सनेटरी प्याड वितरण गरेको छ ।

यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक व्यक्तिको हुने हुंदा महिला तथा किशोरीहरुलाई प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्बन्धित विषयहरुको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजन गरिएको थियो । प्रजनन स्वास्थ्य सम्बन्धी उचित शिक्षाको अभाव साथै महिनावारीमा प्याडको उचित प्रयोग गर्न नजान्दा किशोरीहरुमा स्वास्थ्य समस्याहरु बल्झिने गरेको हुंदा सोको जागरूकताको लागि यो कार्यक्रम आयोजन गरिएको थियो । उक्त कार्यक्रममा बैंकका कर्मचारी, पहिलो पाइला नेपालका प्रतिनिधिहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।