neapl investment mega bank
  • गृहपृष्ठ
  • फुजिमा आएल कम्पनीले देशभरी नै स्तन क्यान्सर को निशुल्क परिक्षण गराउने, छुट्यायो प्रतिलिटर एक रुपैया

फुजिमा आएल कम्पनीले देशभरी नै स्तन क्यान्सर को निशुल्क परिक्षण गराउने, छुट्यायो प्रतिलिटर एक रुपैया

Mar 8th, 2022

काठमाडौ, फागुन २४
फुजिमा आएल कम्पनि प्रा ली ले देश भरी नै महिला हरुमा हुने स्तन क्यान्सर को निशुल्क परिक्षण गराउने भएको छ । आज अन्तरराट्रिय नारी दिवसको अवसरमा एक पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्ष भरीनै नेपालभर रहनुभएका महिला दिदि बहिनि हरुमा देखिने स्तन क्यान्सरको निशुल्क परिक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्स मा प्रति लिटर रु १ – (एक रुपैया) छुट्याएको जनाएको छ ।

कम्पनीले विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निशुल्क स्तन क्यान्सर परिक्षण गराएर यस अभियानको शुरुवात गरेको हो । ग्लोवल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाईएको छ । जनगणना २०७८ अनुसार कुल जनसंख्थाको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउछ । त्यस मध्य ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययन ले देखाइको छ । क्यान्सर को यस भयावह अवस्थालाई नेपाली दिदि बहिनि हरुको जिवल रक्षाका लागि समयमानै अस्पताल पुगि परिक्षण गराउन प्रत्साहन स्वरुप फुजिमा आएल कम्पनि प्रा ली ले यस अभियान लाई शुरुवात गरेको हो ।

यस्तै करिव तिन दशक देखि आफ्नो उत्पादनको उच्च गुणस्तरका कारण उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुव्रिकेन्ट्स को उत्पादक कम्पनी फुजिमा आएल कम्पनि प्रा ली ले आफ्नो उत्पादनमा प्रयोग पछिको समेत ग्यारेन्टिका लागि आफ्नो उत्पादन हरु कन्ट्रोल लुव्रिकेन्ट्स , म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिज मा नेपालमै पहलो पटक प्रोडक्ट लायबिलीटी इन्स्योरेन्स गराएको छ । ईन्स्योरेन्स अन्तरगत फुजिमा आएल कम्पनि प्रालिको उत्पादन हरु कन्ट्रोल लुव्रिकेन्ट्स, म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिज प्रयोग पछि ईन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा ईन्स्योरेन्स मार्फत क्षतिपुर्ति दिने गरेको छ । लेपालको लुव्रिकेन्ट र ग्रिज उत्पादन गर्ने कम्पनि मध्य क्षतिपुति दिने फुजिमा आएल कम्पनि प्रा ली पहिलो र एकमात्र कम्पनी रहेको छ ।