neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्धारा विद्युतिय आर. ओ प्लान्ट हस्तान्तरण

महालक्ष्मी विकास बैंकद्धारा विद्युतिय आर. ओ प्लान्ट हस्तान्तरण

Mar 7th, 2022

काठमााडौ, फागुन २३
महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरुपमा समाजलाई योगदान पु¥याउने उद्ेश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले एक विशेष कार्यक्रमकाबिच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यावस्थापनका लागि स्वचालित विद्युतिय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको हो ।

स्वस्थ जीवनयापनका लागि शुद्घ खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उदे्श्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए । उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानियहरुकोे उपस्थिती रहेको थियो । आगामीदिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्रविकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।