काठमाडौ, फागुन २३
कुनै समयका चर्चित भिलेन सुशिल पोख्रेल पछिल्ला दिनमा नयाँ भूमिकामा देखिएका छन् । भिलेनको रुपमा लामो समय कैयौँ चलचित्रमा अभिनय गरेर व्यापक चर्चा कमाएका अभिनेता पोख्रेल हाँस्यशृखला गोलमालको तस्रो सिजलमा अनुबन्धित भएका छन् ।
शुक्रबारबाट प्रसारणमा आएको शृखलामा उनी पण्डितको भूमिकामा छन् । उनीसँगै उनकी छोरीको रुपमा कलाकार आकृति न्यौपाने देखिएकी छिन् । हिमालयन टेलिभिजनबाट प्रसारणमा आएको शृखलामा सुशिलका अलावा शिवहरि आचार्य, अंशु थापा ’हात्ति’, प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुदैं आएको छ । पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको हो ।