काठमाडौ, फागुन २३
एनएमबी बैंकले सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्ेश्यले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ । नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबी बैंक लि.का प्रमूख कार्यकारी अधिकृत सुनिल के.सि.को विशेष आतिथ्यता तथा एनएमबी बैंक लि. प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रममाझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो । उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ०३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबी बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारीत काउण्टरका प्रमूख भानुभक्त न्यौपाने, भुमी सुधार तथा मालपोत कार्यालय बिराटनगरका प्रमूख लोबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथीकोरुपमा रहेका थिए ।
कार्यक्रममा सचिव थपलिया, महानिर्देशक घिमिरे, प्रमुख कार्यकारी अधिकृत के.सि. वडाध्यक्ष भण्डारीले शुभकामना स्वागत मन्तब्य राखेका थिए भने मालपोत कार्यालय बेलबारी विस्तारित काउण्टरका प्रमूख न्यौपानेले धन्यवाद मन्तब्य राखेका थिए । शुभकामना मन्तव्यकै क्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत के.सि.ले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदानगर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दे अब मालपोत कार्यलय बेलबारीमा नगद रहीत सेवा लिन हुन पनि सम्पूर्ण सेवाग्राहीहरुलाई अनुरोध गरेका छन् ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर नेपाल प्राप्त गरि सकेकको छ । बैंकले यस लगायत हाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दे आइरहेको छ ।