neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आगलागी नियन्त्रणमा सहयोग गर्ने सवैलाई श्रममन्त्री श्रेष्ठद्वारा धन्यवाद ज्ञापन

आगलागी नियन्त्रणमा सहयोग गर्ने सवैलाई श्रममन्त्री श्रेष्ठद्वारा धन्यवाद ज्ञापन

Mar 6th, 2022

काठमाडौ, फागुन २२
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगलागी नियन्त्रणमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् । मन्त्री श्रेष्ठको पहलमा काठमाण्डौबाट लगिएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा झन्डै चार घण्टापछि आगलागी नियन्त्रण भएको थियो ।

आगलागी अनियन्त्रित भएको र स्थानीय स्तरबाट निभाउन नसकिएको खवर आएपछि मन्त्री श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाँड सहित सम्वद्ध अधिकारीहरुसँग समन्वय गर्नुका साथै सिम्रिक एयरलाइन्सका अध्यक्ष क्या.रामेश्वर थापासँग समेत सहयोगका लागि आग्रह गरेपछि सिम्रिक एयरको हेलिकप्टर लिएर विपद् जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रणको प्रशिक्षण लिएका प्राविधिक टोली सहित मन्त्री श्रेष्ठ स्वयम् घटनास्थलमा पुगेका थिए ।

मन्त्री श्रेष्ठले आगलागि नियन्त्रण गर्न मद्दत गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सिम्रिक एयरलाइन्स र स्थानीयवासी सहित सवैलाई धन्यवाद दिँदै यस्ता विपदको स्थितिमा अझै सतर्क भई प्रतिकार्यको लागि तयार हुन आग्रह गरेका छन् । आगलागीका कारण भएको क्षतिको विवरण सङ्कलन गरी राहत दिन पहल गर्ने मन्त्री श्रेष्ठले बताए । साथै आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने भरपर्दो उपायको व्यवस्था स्थानीय स्तरमा गर्नेतर्फ सरकार गम्भीर रहेको उनले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi