neapl investment mega bank
  • गृहपृष्ठ
  • समता घरेलुको शेयर बिक्री पर्वन्धकमा आरबीबी मर्चेन्ट

समता घरेलुको शेयर बिक्री पर्वन्धकमा आरबीबी मर्चेन्ट

Mar 6th, 2022

काठमाडौ, फागुन २२

समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको नयां निष्काशन (फर्दर पब्लिक ईस्यु) को लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । साविक समता लघुवित्त वित्तिय संस्थ र साविक घरेलु लघुवित्त वित्तिय संस्थाबिच शेयर आदान प्रदान दर १००ः८० (समताः घरेलु) कायम हुने गरि गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुुंजी २८ करोड ५६ लाख २० हजार एक सय ६० रुपैयाँ रहेको छ । त्यसमापनि २० प्रतिशत बोनस पश्चात् संस्थाको चुक्ता पुंंजी ३४ करोड २७ लाख ४४ हजार एक सय ९२ रुपैया भएकाले शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरि जारी हुन बांकी शेयर फर्दर पब्लिक ईस्यु द्धारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा मदन घिमिरे र आरविविमर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेकाछन । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।