neapl investment mega bank
  • गृहपृष्ठ
  • माओवादी केन्द्रीय समितिको बैठक बस्दै, पार्टीलाई पूर्णता दिने तयारी

माओवादी केन्द्रीय समितिको बैठक बस्दै, पार्टीलाई पूर्णता दिने तयारी

Mar 6th, 2022

आधारभूमि संवाददाता

काठमाडौ २२ फागुन

आज आइतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषय हुने पार्टी कार्यालयले जनाएको छ ।

बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ ।हालसम्म २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

यसैगरी २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनीत गर्नेछ। यता पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष। एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर त्यस यता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।