काठमाडौ, फागुन १९
महिन्द्रा फोर व्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले यही फागुन २२ गतेदेखि फागुन २७ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ । यस ४५–पोईन्ट चेक अप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेक अप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपाभरी रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यस केयर फेस्टमा सहभागी हुन सक्नेछन ।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवा सुविधा प्रदान गर्ने उद्ेश्यका साथ हरेक वर्ष आयोजना गर्दे आईरहेको केयर फेस्टमा यस पटक पनि अघिल्ला वर्षहरुमा झैं ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ । साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रिनम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।