neapl investment mega bank

पुरानो सिपलाई नयाँं तरिकाले लानुपर्छ

Mar 3rd, 2022

भक्तपुर, फागुन १९
पुरानो सिपलाई नयाँं तरिकाले लानुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । भक्तपुर उद्योग बाणिज्य संघको आयोजना र मोर्डर युथ फर सोसाईटी र योङ आन्टरपेनर सर्कलको सहआयोजनामा बिहीबार भक्तपुर भएको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
युवा व्यवसायीहरूको लागि अभिमुखीकरण गर्न आयोजित कार्यक्रममा उनीहरुले सामाजिक र व्यवसायिक परिवर्तनको लागि युवाको भूमिका आवश्यक रहेको बताए । बरिष्ठ परामर्शदाता तथा लायन्स क्लब इन्टरनेशनलका डिष्टिक्ट ३२५ जी का गभर्नर उत्तम झाले परम्परागत सिपलाई आधुनिकता दिई श्रमको सम्मान गर्नुपर्नेमा जोड दिए ।

युवा जनशक्ति अहिलेको समस्याको बिषय भएकोले उपलब्ध जनशक्तिलाई आर्थिक श्रेत्रमा सक्रिय हुनुपर्नेमा झाले जोड दिए । आफ्नो अनुभव सुनाउने क्रममा व्यवसाय गर्न धैर्य र ज्ञानको आवश्यकता भएको बताएका उनले बताएका थिए । साथै संघको भुमिका तथा उपस्थितिकाबारेमा पनि प्रकाश पारेका थिए ।

संघका अध्यक्ष शिवप्रसाद मानन्धर, मोर्डन युथ फर सोसाइटी तथा योङ सर्कलका अध्यक्ष रोहित मान्नधर, मोर्डन युथ फर सोसाईटीका सस्थापक एवं संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जा लगायतले संस्थाले युवाहरूको निम्ति अवसर सिर्जना गरी व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन आफूहरु हरदम तयार रहेको बताए ।