neapl investment mega bank

प्रतितोला ५०० ले घट्यो सुनको मूल्य

Mar 3rd, 2022

आधारभूमि संवाददाता
काठमाडौँ, १९ फागुन

आज सुनको मूल्य घटेको छ । बुधबार तोलामा रु ९९ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला रु ५०० ले घटेर ९९ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला रु ५०० ले घटेर ९८ हजार ५०० मा कारोवार भएको छ । यस अघि बुधबार तेजावी सुन रु ९९ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ३८० तोकिएको महासङ्घले जनाएको छ । यस अघि बुधबार चाँदी रु एक हजार ३७५ मा कारोवार भएको थियो ।