neapl investment mega bank
  • गृहपृष्ठ
  • स्प्राइटको मेगा प्रमोशनल क्याम्पेन :स्प्राइटसँग जित्ने मौका, हरेक घण्टाअनि हरेक हप्तास् हरेक घण्टा एउटा सामसङ

स्प्राइटको मेगा प्रमोशनल क्याम्पेन :स्प्राइटसँग जित्ने मौका, हरेक घण्टाअनि हरेक हप्तास् हरेक घण्टा एउटा सामसङ

Mar 2nd, 2022

काठमाडौ, फागुन १८
लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीको लागि “स्प्राइटसँग जित्ने मौका” नामक क्याम्पेनको शुरुवात गरेको छ । यो प्रमोशन स्प्राइटको “क्लियर रह”अभियानको हिस्सा हो जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल के.सी.लाई छायांकन गरिएको छ ।

यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।

यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने छ अथवा सीधै www.sprite.com.np मा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ । सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् । यो योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागु हुनेछ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन् । ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने छ । थप नियम र शर्तहरु सम्बन्धि विस्तृत विवरण स्प्राइटकोे आधिकारिक वेवसाइटबाट जानकारी लिन सकिने छ ।