neapl investment mega bank
  • गृहपृष्ठ
  • कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीको अवसरमा भक्तजनहरुलाई पानी तथा जुस वितरण

कामना सेवा विकास बैंकद्वारा महाशिवरात्रीको अवसरमा भक्तजनहरुलाई पानी तथा जुस वितरण

Mar 2nd, 2022

काठमाडौ, फागुन १८
महाशिवरात्रीको पावन अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपतिमा पाल्नु हुने भक्तजनहरुको सेवा र सुविधालाई मध्यनजर गरी पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ । यसैगरी काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ । उक्त कार्यमा बैंकका कर्मचारीहरु बिहानैदेखि खटिएकाछन ।

बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनहरुलाई सहजरुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस भन्ने पवित्र उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको र आगामी वर्षहरुमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।