युक्रेन १६ फागुन
युक्रेनका रक्षा मन्त्रालयले उसको सेनाले हालसम्म ५ हजार रुसी सैनिकलाई मारेको जानकारी दिएको छ ।
युक्रेनी अधिकारीले फेसबुक पोस्टमार्फत् पछिल्लो चार दिनको लडाईंमा ५ हजार ३ सय रुसी सैनिकलाई मारेको जानकारी दिएका हुन् ।
रुसका १९१ ट्याङ्कर, २९ लडाकू विमान, २९ हेलिकोप्टर र सैनिक ओसारपसार गर्ने ८१६ हतियारधारी गाडी ध्वस्त पारिदिएको युक्रेनी अधिकारीले दाबी गरेका छन् ।
यद्यपि, बीबीसी युक्रेनले यो दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बेलायतको रक्षा मन्त्रालयलाई विश्वास गर्ने हो भने सुरुवाती लडाईंमा रुसलाई भारी क्षती भएको छ ।
यसअघि रुसी रक्षा मन्त्रालयले आफ्नो सेनामाथि भारी क्षती पुगेको स्वीकार गरेको थियो । यद्यपि, अधिकारीले क्षतीको सटिक आँकडा भने जारी गरेको छैन ।
यसैबीच संयुक्त राष्ट्रको पर्यवेक्षकका अनुसार सुरुवाती लडाईंमा ९४ नागरिकको मृत्यु भएको छ ।
उनले आफ्नो बयानमा हमलाका कारण भीषण मानवीय क्षती भएको बताएको छ । मृत्यु हुनेको संख्या योभन्दा पनि बढी हुनसक्ने बताइएको छ । एजेन्सी