काठमाडौ, फागुन १६
सिद्धार्थ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । कम्पनीका अनुसार सोलखुम्वु जिल्ला, स्थितखुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा २०७८ असोज दुई गते आगलागीबाट भएको क्षती वापतको वीमा रकम दुई करोड ६० लाखको चेक प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रील ेपिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुुन ।
बिसं २०७२ सालको भुकम्पवाट भएको क्षती वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई उल्लेख्य रकम दावीवापत भुक्तानी भएको थियो । चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म कम्पनीले छ हजार ९७ वटा दावी फर्छयौट भई ७३ करोड ६६ लाख ९७ हजार तथा अग्रिम दावीवापत विभिन्न दावीकर्ताहरुलाई आठ करोड ५० लाख रुपैयाँ भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार फर्छयौट गर्न वाँकी दावीको संख्य तीन हजार आठ सय ४१ (कोरोना दावी बाहेक) रहेको र सो वापत भुक्तानी गर्नुपर्ने रकम एक अर्ब ४१ करोड ४३ लाख ६४ हजार रहेको छ । छिटो छरितो दावी फर्छयौट गर्ने कम्पनीको लक्ष्य अनुरुप बाँकी रहेका दावी यथासिघ्र फर्छयौट गरी दावी रकम भुक्तानी गर्न कम्पनी क्रियासिल रहेको हँुदा वीमा दावी गर्ने सम्पूर्ण वीमितहरुले दावीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई दावी फर्छयौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।