काठमाडौं, फागुन १५
सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बीमा रकम एक कार्यक्रमकाबिच प्रदान गरिएको हो ।
बीमाको रकम श्रीमती कमली पन्त ओझालाई सानिमा बैंककातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्तरुपमा हस्तान्तरण गरेका हुुन ।
बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, तीन लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार सम्मको औषधी उपचार बीमा, १० हजार बराबरको ओपिडि सेवा र पाँच हजार रुपैयाँसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दे आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।