neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंंक स्थगित २० औं वार्षिक साधारण सभा सम्पन्न : २१ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंंक स्थगित २० औं वार्षिक साधारण सभा सम्पन्न : २१ प्रतिशत लाभांश पारित

Feb 26th, 2022

काठमाडौ, फागुन १४
“सबल बैंंक, सफल सहकार्य” को भिजनलाई आत्मसाथ गर्दै नेपालीज नताको घरदैलोमा २७ वर्ष देखि अनवरतरुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दे आएको महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा बैंकले बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सो अवसरमा आर्थिक बर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । यसैगरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ एक दशमलव शुन्य पाँच प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव शुन्य पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्ष उपाध्यायले शेयरधनीहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दे बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने कुरा बताए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दे यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

स्थगित २० औं वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनियार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, राहुल अग्रवाल र रmपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् । बार्षिक साधारण सभा सकिएपछि सोही दिन बसेको संचालक समितिको ५१८ औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मतरुपमा पुन ः चयन गरेको छ ।