neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यु आर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक

सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यु आर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक

Feb 25th, 2022

काठमाडौ, फागुन १२
सानिमा बैंकले आप्mना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्पmत् क्यु आर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्न सक्ने भएकाछन ।

बैंकका अनुसार यो योजना २०७८ फागुन देखि २०७९ बैशाख मसान्तसम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रतिकारोबारमा दुई प्रतिशत वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम पाँच सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन । क्यास ब्याकवापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिने बैंकले जानकारी दिएको छ ।

ग्राहकहरुले प्ले स्टोर वा एप स्टोरबाट सानिमा सजिलो ई बैंकिङ्गएप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन । सानिमा बंैकको देशभर सातै प्रदेशमा गरी १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।