आधारभूमि संवाददाता
काठमाडौँ १२ फागुन
सरकारको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेपछि स्थगित भएको हो । बैठक भोलि शुक्रबार बस्ने जनाइएको छ ।
संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ । आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची थियो ।
गठबन्धन आवद्ध दलहरू नै एमसीसीबारे एकमत छैनन् । एमसिसिमा सहमती जुटाउन शीर्ष नेताहरु प्रयासरत छन् ।