neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आन्दोलनमा संयमता अपनाऊ : इन्सेक

Feb 24th, 2022

काठमाडौ, फागुन १२
मिलिनियम च्यालेन्ज कर्पोरेशनको नेपाल कम्प्याक्ट संसदमा पेश गरेको विरोधमा काठमाडौँमा जारी आन्दोलनमा संयमता अपनाउन इन्सेकले सरोकारवालासमक्ष आग्रह गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा फागुन १२ गते जारी विज्ञप्तिमा आन्दोलनकारी र सरकारी अधिकारीको ध्यानाकर्षण गराउँर्दै संयमता अपनाउन आग्रह गरिएको हो । फागुन ८ गते बानेश्वरमा भएको आन्दोलनका क्रममा प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज तथा रबरको गोली प्रहार गरी गरेको अत्यधिक बल प्रयोग तथा आन्दोलनकारीले सार्वजनिक सम्पतिमाथि तोडफोड गरेका थिए ।

‘शान्तिपूर्ण रूपमा आवाज उठाउन पाउने अधिकारको रक्षा गर्नुपर्ने सरकारले अत्यधिक बल प्रयोग गर्नु संविधान र मानव अधिकारको मूल्य प्रतिकुल कार्य हो ।’–जारी विज्ञप्तिमा भनिएको छ ।

इन्सेकले राजनीतिक स्थिरता, सामाजिक न्याय तथा समृद्धि सुनिश्चितताका लागि योगदान गर्न राजनीतिक नेतृत्वले शान्तिपूर्ण विमर्शको बाटोतर्फ जनसमुदायलाई नेतृत्व गर्नु जरुरी ठानेको विज्ञप्तिमार्फत जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi