neapl investment mega bank

आजको मौसमः यी स्थानमा हल्का बर्षा हुने

Feb 24th, 2022

काठमाडौँ १२ फागुन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल देशको सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ।

देशका पहाडी भूभागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको सूदूर पश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागका एकरदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिक देखि सामान्य बदली रही सूदूर पश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।