neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्ट्स

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्ट्स

Feb 23rd, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ११ फागुन

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्ट्स भिल्ला रियलसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स र भिल्ला रियलले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलमा युभेन्ट्सको लागि डुसान भ्लाहोभिचले एक गोल गरे भने भिल्ला रियलको लागि डानी परेजोले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने युभेन्ट्सले लिएको थियो। खेलको पहिलो मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ६६ औं मिनेटमा भिल्ला रियलका डानी परेजोले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

अब दोस्रो लेग मार्च १७ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi