neapl investment mega bank

लिलेमाथि चेल्सीको सहज जित

Feb 23rd, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ११ फागुन

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले सहज जित निकालेको छ । मंगलबार
राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले लिलेलाई २-० गोलले पराजित गरेको हो ।

स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन काई हावर्ट्ज र क्रिश्चियन पुलिसिकले एक-एक गोल गरे।

खेलको आठौं मिनेटमा काई हावर्ट्जले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६३ औँ मिनेटमा क्रिश्चियन पुलिसिकले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

अब दोस्रो लेग मार्च १७ मा लिलेको घरेलु मैदानमा हुनेछ ।