neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • क्याग्लियारीसँग बराबरीमा रोकियो नापोली

क्याग्लियारीसँग बराबरीमा रोकियो नापोली

Feb 22nd, 2022

आधारभूमि संवाददाता

काठमाडौ‌, १० फागुन

इटालियन सिरी ए फुटबलमा नापोली क्याग्लियारीसँग बराबरीमा रोकिएको छ । सोमबार राति क्याग्लियारीको घरेलु मैदानमा भएको खेलमा नापोली र क्याग्लियारीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा नापोलीको लागि भिक्टर ओसिमहेनले एक गोल गरे भने क्याग्लियारीको ग्यास्टन पेरेरोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता क्याग्लियारीले लिएको थियो । खेलको ५८ औं मिनेटमा ग्यास्टन पेरेरोले गोल गर्दै क्याग्लियारीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ८७ औं मिनेटमा नापोलीका भिक्टर ओसिमहेनले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै नापोलीको २६ खेलबाट ५४ अंक छ र तेस्रो स्थानमा छ।क्याग्लियारीको २६ खेलबाट २२ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi