neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नगरिकले परिवर्तन महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन

नगरिकले परिवर्तन महशुस गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन

Feb 21st, 2022

काठमाडौँ, फागुन ९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नागरिकप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई निर्देशन दिएकीछन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको आज अनुगमन तथा निरीक्षण गर्दे मन्त्री श्रेष्ठले मालपोत कार्यालयहरुप्रति जनतामा बसेको छविसँग मन्त्रालय र सरकारको पनि छवि जोडिएकाले यसमा सुधार गर्न इमान्दार भएर काममा लाग्नु आवश्यक रहेको बताईन ।मन्त्री श्रेष्ठले मालपोत लगायतका कार्यालयहरु नागरिकसँग प्रत्यक्ष जोडिएको सेवा प्रदायक संस्था भएकाले जनताले परिवर्तन महशुस गर्ने र देखिने गरी काम गर्न विभागलाई निर्देशन दिईन ।

विभागले नागरिकका पक्षमा काम गर्दा आइपर्ने नीतिगत र व्यवहारिक समस्या छन् भने त्यो समाधान गरेर कानुनी व्यवधान फुकाउन मन्त्रालय सधैव तयार रहेको पनि मन्त्री श्रेष्ठले बताईन । मन्त्री श्रेष्ठले देशभरका मालपोत कार्यालयहरुमा प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई चुस्त दुरुस्त बनाउने, भूमिको दोहन नियन्त्रण गर्ने तथा सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयमा कुनै कसर नरहने गरि काम गर्न समेत विभागलाई निर्देशन दिईन ।

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई आग्रह गरिन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi