neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको रियल मड्रिडलाई सात अंकको अग्रता

शीर्ष स्थानको रियल मड्रिडलाई सात अंकको अग्रता

Feb 20th, 2022

आधारभूमि संवाददाता

काठमाडौँ, ८ फागुन
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले सात अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा रियलले अलाभेसलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा रियल मड्रिडलाई जित मार्को एसेन्सियो,जुनियर भिनिसियस र करिम बेन्जेमाले एक-एक गोल गरे ।

दोस्रो हाफको ६३ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ८० औं मिनेटमा जुनियर भिनिसियसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।पेनाल्टीमा

त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै रियलले २५ खेलबाट ५७ अंक जोडेको छ र शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ ।पराजित अलाभेसको २५ खेलबाट २० अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi